Media Network

नेप्सेमा ८.२८ अंकको गिरावट


खबरस्टोरी संवाददाता

२३ चैत्र २०७९,बिहीबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट आएको छ । बजार परिसूचक नेप्से ८.२८ अंकले घटेर १८६६.७८ मा बन्द भएको छ ।

यो साताको चौथो कारोबार दिन बुधबार मात्रै नेप्सेमा ८.३९ अंकको वृद्धि भएको थियो । अन्य दिन भने नेप्से घटेको थियो ।

बिहीबार २३ हजार ३८८ वटा कारोबारमा २८ लाख ७० हजार ८१९ कित्ता किनबेच हुँदा ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ८१ करोड ६० लाख रुपैयाँको मात्रै कारोबार भएको थियो ।

बिहीबार धेरै नाफा कमाउने कम्पनीहरुमा क्रमशः कालिञ्चोक दर्शन लिमिटेड, सिटिजन्स म्युचुअल फन्ड–२, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल ल्यूव आयल लिमिटेड लगायत छन् ।

धेरै गुमाउनेमा क्रमशः सामलिङ पावर कम्पनी लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड, सानिमा ग्रोथ फन्ड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड लगायत छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद