Media Network

नेप्सेमा २० अंकको गिरावट


खबरस्टोरी संवाददाता

१० भाद्र २०८०,आईतवार

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

आइतबार नेप्से परिसूचक २०.५४ अंकले घटेर १९९३.३८ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ३८ लाख ९५ हजार २३६ कित्ता शेयरको खरिदबिक्री हुँदा १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रुपैयाँको कारोबार भएको छ । शेयर बजारमा भएको गिरावटसंगै आज कारोबार रकम पनि घटेको छ ।

आजको कारोबारमा कुथेली बुखेरी स्मल हाइड्रोपावर लिमिटेड सकारात्मक सकिर्टका साथ सर्वाधिक नाफा कमाएको छ भने, मकर जिततुमाया सुरी हाइड्रोपावर लिमिमटेडले सर्वधिक गुमाएको छ ।

त्यस्तै, एसियन लाइफ इन्स्योरेन्स–को लिमिटेड ७ करोड ४६ लाख रुपैयाँको कारोबारका सााथ शिर्ष स्थानमा रहेको छ । आइतबार म्युचुअल फण्डबाहेकका १२ वटै उपसमूहको शेयर मुल्य घटेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद