Media Network

नेप्सेमा २१.४६ अंकको गिरावट


खबरस्टोरी संवाददाता

१९ कार्तिक २०८०,आईतवार

काठमाडौं ।साताको कारोबारको पहिलो दिन आज आइतबार  नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २१.४६ अंकले घटेर एक हजार ८ सय २६ दशमलब २३ विन्दुमा बन्द भएको हो ।       

त्यस्तै, आज कारोबार रकम एक अर्ब पनि पुग्न सकेको छैन । आइतबार ९७ करोड २३ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ३५ कम्पनीको शेयरमूल्य बढेको छ भने १९७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ६.९७ प्रतिशतले बढेर प्रतिकित्ता ६१४ रुपैयाँ पुगेको छ । यस्तै आज तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयरमूल्य पनि ५.४७ प्रतिशतले बढेर प्रतिकित्ता ७११.९० रुपैयाँ पुगेको छ ।  

आइतबार हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंक लिमिटेडको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ४ करोड ६० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद