Media Network

नेप्सेमा २८ अंकको पहिरो, सबै सुचक रातै


खबरस्टोरी संवाददाता

२६ चैत्र २०७९,आईतवार

काठमाडौं।नेप्सेमा २८ अंकको पहिरो गएको छ । आज आईतबार नेप्से २८ दशमलव ३१ अंकले घटेर १८ सय ३८ दशमलव ४८ अंकमा झरेको हो । यसैगरी सेन्सिटिभ पनि चार दशमलव २४ अंकले घटेर तीन सय ४८ दशमलव ७९ अंकमा झरेको छ । 

दुई सय ६८ वटा कम्पनीहरुको २९ हजार दुई सय ३९ पटकको कारोबारमा ३८ लाख ४३ हजार सात सय १३ कित्ता सेयर किनबेच भएका छन् । सो अनुसार आाज कुल कारोबार रकम एक अर्ब १५ करोड ९४ लाख ४८ जार चार सय ११ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहको सुचक घटेर नेप्से रातै देखिएको छ । 

आज कालिञ्चोक दर्शन प्राली, आरएमडिसी लघुवित्त वित्तीय संस्था आदिको सेयर मुल्य बढेपनि माछापुच्छे« बैंक डिवेञ्चर २०८५, पिपुल्स पावर लिमिटेड, ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था आदिको सेयर मुल्य भने घटेको छ । नविल बैंक, घलेम्दी हाईड्रो पावर कम्पनी, एनआईसी एशिया बैंक आदिको भने आज बढी रकम कारोबार भएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद