Media Network

नेप्सेमा ६.५५ अंकको वृद्धि


खबरस्टोरी संवाददाता

२८ मंसिर २०८०,बिहीबार

काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से ६.५५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९९४ विन्दुमा कायम भएको छ ।नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ३ अर्ब ९० करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब १५ करोडमा खुम्चिएको छ । कुल १४० कम्पनीको मूल्य बढ्दा ९१ को घट्यो भने १० को स्थिर रह्यो । अन्य समूह सबैभन्दा धेरै १.५ प्रतिशत बढ्यो ।
विकास बैंक ५२, फाइनान्स ६, होटल तथा पर्यटन ९, जलविद्युत् २४, उत्पादन २८, निर्जीवन बीमा ५५ र अन्य उपसमूह २२ अंक बढे । बैंकिङ ०.३४, जीवन बीमा १५, माइक्रोफाइनान्स १७ र व्यापार उपसमूह २६ अंक घटे ।
यस दिन ८ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु), हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, नेपाल रिपब्लिक मिडिया, नेपाल इन्स्योरेन्स, दोल्ती पावर, मिडसोलु पावर र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशत बढेको हो । मुक्तिनाथ कृषि कम्पनीको आजैदेखि कारोबार सुरु भएको हो । सो कम्पनीको मूल्य प्रतिकित्ता १९६ रुपैयाँ ६० पैसा कायम भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद