Media Network

नेप्सेमा ३८.१४५ अंकको वृद्धि


खबरस्टोरी संवाददाता

२ पुष २०८०,सोमबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३८.१४५ अंकले बढेर दुई हजार ६० दशमलब ४९ विन्दुमा बन्द भएको हो ।                        
त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकम पनि बढेको छ । आज ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार कारोबार भएकामध्ये १६५ कम्पनीको शेयरमूल्य बढेको छ भने ७२ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।         
नेप्सेका अनुसार ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज ७ कम्पनीको शेयरमूल्य ८ प्रतिशत भनदा बढीले बढेको छ भने ९ कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ ।
आज हिमालयन पावर पार्टनरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ७.८६ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । आज यस बैंकको २६ करोड २६ लाख बराबरको कारोबार भएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद