Media Network

नेप्सेमा १७ अंकले बृद्धि


खबरस्टोरी संवाददाता

१८ पुष २०७९,सोमबार

काठमाडौं।अघिल्लो दिन उच्च अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पनि बढेको छ । नेप्से आज १७ दशमलव ५६ अंकले बढेर दुई हजार ६३ दशमलव ८३ अंकमा चढ्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ पनि शुन्य दशमलव ८८ अंकले बढेर तीन सय ९४ दशमलव ८९ अंकमा चढ्न सफल भएको छ । 

नेप्सेमा आज दुई सय ५३ वटा कम्पनीहरुको ४८ हजार पाँच सय तीन पटकको कारोबारमा ८२ लाख ७१ हजार तीन सय ५५ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज दुई अर्ब ९६ करोड नौं लाख २७ हजार चार सय ४० रुपैंयाँ बराबरको सेयर किनबेच हुन पुगेको छ । ्

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक घटेपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स सहितका १० वटा समुहहरुको सुचक भने बढेका छन् । 

धौलागिरी लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था आदिले आज कमाएका छन् भने एनएमबी–५०, नेपाल टेलिकम, वीन लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया सेलेक्ट फण्ड आदिले गुमाएका छन् । नबिल बंैंक, हिमालयन डिष्ट्रिलरी प्राली, युनिभर्सल पावर कम्पनी आदिको भने आज बढी रकम कारोबार भएका छन् ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद