Media Network

नेप्सेमा १४ अंकले गिरावट


खबरस्टोरी संवाददाता

३१ भाद्र २०७९,शुक्रबार

काठमाडौं।अघिल्लो दिन ५७ अ्रकले घटेको नेप्सेमा आज शुक्रबार पनि पुन गिरावट आएको छ । आज नेप्से १४ दशमलव एक अंकले घटेर १९ सय १० दशमलव ३८ अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २३ अंकले घटेर तीन सय ७१ दशमलव ९० अंकमा खुम्चिएको छ । आज नेप्सेमा दुई सय २० वटा कम्पनीहरुको १८ हजार पाँच सय ३१ पटकको कारोबारमा २९ लाख १६ हजार दुई सय ७१ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम ९० करोड ८१ लाख ८६ हजार चार सय ८८ रुपैयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेर बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, लघुवित्त सहितका १२ वटा समुहहरुको सुचक घटेर रातै भएका छन् । 

आज कारोबार भएका कम्पनीहरु मध्ये नबिल व्यालेन्स फण्ड २, बुद्धभुमि नेपाल हाईड्रो पावर कम्पनी आदिको सेयर मुल्य बढेपनि मिर्मिरे माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था, रिभर फल्स पावर लिमिटेड आदिको सेयर मुल्य घटेका छन् । रिडी हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदिको भने आज बढी रकम कारोबार भएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद