Media Network

नेप्सेमा ३ अंकले गिरावट


खबरस्टोरी संवाददाता

२२ श्रावण २०८०,सोमबार

काठमाडौं।नेप्सेमा गिरावट आएको छ । नेप्से आज बुधबार भने ३ दशमलव २९ अंकले घटेर दुई हजार ४८ दशमलव २६ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि १ दशमलव ५९ अंकले बढेर तीन सय ९० दशमलव ४३ अंकमा झरेको छ । 

३ अंक माथिले नेप्से घटेको यस दिन २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार रुपैयाँ बराबरको ६६ लाख ४७ हजार कित्ता सेयर किनबेच भएको छ । 

आज बैंकिङ, हाइड्रोपावर, इन्भेष्टमेन्ट र अन्य समूहको उपसूचक ऋणात्मक भएको छ भने डेभलपमेन्ट बैंक, फाइनान्स, होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् । 

आज नेपाल रिपब्लिका मिडियाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने गोर्खाज फाइनान्सको ९.७४ प्रतिशतले बढेको छ । यता छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने ६.४५ प्रतिशतले घट्न पुगेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद