Media Network

नेप्सेमा २८ अंकले गिरावट


खबरस्टोरी संवाददाता

२३ श्रावण २०८०,मंगलवार

काठमाडौँ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २८ दशमलव ४० अंकले घटेर २ हजार १९ दशमलव ८५ को विन्दुमा झरेको छ । त्यसैगरी, ठूला कम्पनकिो सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ४दशमलव ८६ अंकले घटेर ३ सय ८५ दशमलव ५६ को विन्दुमा झरेको हो ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २६५ कम्पनीको ७४ हजार २५७ पटकको कारोबारमा १ अर्ब ७३ करोड ७० लाख रुपैयाँ बराबरको ४८ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको १७ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्टको ६ करोड ७८ लाख, एभरेष्ट बैंकको ४ करोड ४३ लाख, सीईडीबी हाइड्रोपावर कम्पनी ४ करोड १८ लाख र सोल्टी होटलको ४ करोड ९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.७० अंक घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद