Media Network

नेप्सेमा २७ अंकले गिरावट, सबै सुचक रातै


खबरस्टोरी संवाददाता

६ श्रावण २०७९,शुक्रबार

काठमाडौं। नेपाल राष्ट्र बैंक चालु आर्थिक बर्षको लागि मौद्रिक नीति घोषणाको अन्तिम तयारीमा जुटिरंहदा सेयर बजार भने रातै देखिएको छ । राष्ट्र बैंकले आज अपरान्ह चार बजे चालु आर्थिक बर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दे छ । तर यहीबिचमा नेप्से भने उच्च अंकले घटेको छ । 

नेप्से आज २७ दशमलव २६ अंकले घटेर दुई हजार १७ दशमलव ४६ अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव चार अंकले घटेर तीन सय ८६ दशमलव २४ अंकमा खुम्चिएको छ । दुई सय १२ वटा कम्पनीहरुको २३ हजार आठ सय ३६ पटकको कारोबारमा ३३ लाख २० हजार पाँच सय १२ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ४४ करोड ३४ लाख ३२ हजार सात सय ७० रुपैंयाँ कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुदा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । 

आज कारोबार भएका कम्पनीहरु मध्ये किसान लघुवित्त वित्तीय संस्था, इर्मर्जिङ नेपाल लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने सप्तकोशी डेभलपमेन्ट बैंक, खानीखोला हाईड्रो पावर कम्पनी, वीन लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । शिवम सिमेन्ट, कृषि बिकास बैंक, एनआईसी एशिया बैंक आदिको भने आज बढी रकम कारोबार भएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद