Media Network

नेप्सेमा ४ बैंकको ७ करोड कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?


खबरस्टोरी संवाददाता

३ माघ २०८०,बुधबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ४ वाणिज्य बैंकको झण्डै ७ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ । माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक र सानिमा बैंकको गरी कूल ६ करोड ९० लाख ८९ हजार ८३० कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस वापतको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९÷८०को नाफाबाट १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको हो ।
एभरेष्ट बैंकको १० प्रतिशत बोनस वापतको १ करोड ६ लाख ९८ हजार ९४ कित्ता सेयर सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९÷८०को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ प्रतिशत लाभांश वितरण गरेको हो ।
एनआईसी एशिया बैंकको २० प्रतिशत बोनस वापतको ३ करोड ३५ लाख ३५ हजार ६१५ कित्ता सेयर सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९÷८०को नाफाबाट २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५२ प्रतिशत नगद गरी कूल ३०.५२ प्रतिशत लाभांश वितरण गरेको हो ।
सानिमा बैंकको ९ प्रतिशत बोनस वापतको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९÷८०को नाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५.७ प्रतिशत नगद गरी कूल १४.७ प्रतिशत लाभांश वितरण गरेको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद