Media Network

नेप्सेमा चुनावी प्रभाव : सात अंकले घट्दा एक अर्ब ३५ करोडको सेयर किनबेच


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

काठमाडौं । नेप्सेमा चुनावी प्रभाव कम देखिएको छ । मंसिर चार गते आईतबार चुनाव सम्पन्न भएपछि आज खुलेको नेप्से सात दशमलव १३ अंकले घटेर १९ सय २९ दशमलव ७० अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४७ अंकले घटेर तीन सय ७९ दशमलव ५९ अंकमा खुम्चिएको छ ।

आज नेप्सेमा दुई सय २८ वटा कम्पनीहरुको २४ हजार दुई सय ४३ पटकको कारोबारमा ३७ लाख ६३ हजार आठ सय ३६ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ३२ करोड २८ लाख ८५ हजार सात सय ७९ रुपैंयाँ कायम भएको छ ।नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा बाँणिज्य बैंक र जीवन बीमा समुहहरुको सुुचक बढेकोमा बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक सहितका ११ वटा समुहहरुको सुचक उच्च अंकले घटेका छन् ।

आज कारोबार भएका कम्पनीहरु मध्ये जानकी फाईनान्स, सयपत्री हाईड्रो पावर लिमिटेड आदिले कमाएका छन् भने युनिलिभर नेपाल लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल बैंक लिमिटेड, हिमालयन डिष्ट्रिलरी प्राली आदि परेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद