Media Network

नेप्सेमा छलाङ :सुचक तथा कारोबार रकम दुबैमा उच्च बृद्धि


खबरस्टोरी संवाददाता

१७ पुष २०७९,आईतवार

काठमाडौं।नेप्सेले छलाङ मारेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से १७ दशमलव २६ अंकले बढेर दुई हजार ४६ दशमलव २९ अंकमा चढ्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ पनि दुई दशमलव ७२ अंकले बढेर तीन सय ९४ दशमलव दुई अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ६१ वटा कम्पनीहरुको ६२ हजार पाँच सय ५१ पटकको कारोबारमा एक करोड आठ लाख ८० हजार नौं सय चार कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा कुल कारोबार रकम चार अर्ब चार करोड ८८ लाख ७९ हजार पाँच सय १० रुपैंयाँ पुग्न सफल भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा बिकास बैंक र फाईनान्स समुहको सुचक घटेपनि बाँणिज्य बैंक, जीवन बीमा, निर्जिवन बीमा, जलबिद्युत, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहको सुचक भने बढेर हरियो भएको छ । 

आज सिर्जनशील लघुवित्त वित्तीय संस्था, प्रभु लाईफ इन्स्योरेन्स कम्पनी, कालिका पावर लिमिटेड आदिले कमाएपनि सिद्धार्थ एक्विटी फण्ड, ग्रिन भेञ्चर हाईड्रो पावर लिमिटेड, राप्ती हाईड्रो एण्ड जनरल कन्सट्रक्सन लिमिटेड आदिले भने गुमाएका छन् । नबिल बैंक, हिमालयन डिष्ट्रिलरी प्राली आदिको भने आज बढी रकम कारोबार भएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद