Media Network

नेप्सेमा झिनो अंकले सुधार, एक अर्ब २३ करोडको सेयर किनबेच


खबरस्टोरी संवाददाता

१ श्रावण २०७९,आईतवार

काठमाडौं। चालु आर्थिक बर्षको सुरुवाती कारोबार दिन नैं नेप्से बढेको छ । आज आईतबार नेप्से एक दशमलव ९३ अंकले बढेर दुई हजार ११ दशमलव ३९ अंकमा चढ्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव शुन्य दुई अंकले बढेर तीन सय ८५ दशमलव ९३ अंकमा चढ्न सफल भएको छ । नेप्से आज दुई सय १० वटा कम्पनीहरुको २५ हजार नौं सय २४ पटकको कारोबारमा ३० लाख ४५ हजार आठ सय ८९ कित्ता किनबेच भएको छ भने कुल कारोबार रकम एक अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा बाँणिज्य बैंक, जीवन बीमा, टे«डिङ, उत्पादनमुलक र लगानी सहितका पाँच वटा समुहहरुले कमाएका छन् भने बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, होटल तथा पर्यटन, अन्य, लघुवित्त र सामुहिक लगानी कोष सहितका आठ वटा समुहहरुले गुमाएका छन् । 

यसैगरी आज राधी जलबिद्युत कम्पनी, एनएमबी माईक्रो फाईनान्स वित्तीय संस्था, बिजय लघुवित्त वित्तीय संस्था आदिको सेयर मुल्य बढेका छन् भने प्रभु सेलक्ट फण्ड, सामुदायिक लघुवित्त वित्तीय संस्था, कालिका माईक्रो क्रेडिट लघुवित्त बित्तीय संस्था आदिको सेयर मुल्य घटेका छन् । अपर तामाकोशी हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली, एनआईसी एशिया बैंक आदिको भने आज बढी रकम कारोबार भएको छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद