Media Network

नेप्सेमा सामान्य गिरावट,सुचक तथा कारोबार रकम दुबै घटे


खबरस्टोरी संवाददाता

१४ बैशाख २०८०,बिहीबार

काठमाडौं । नेप्सेमा सामान्य अंकले गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से दुई दशमलव २७ अंकले घटेर १८ सय ८९ दशमलव ७३ सिमित भएको छ । यसैगरी सेन्सिटिभ पनि  शुन्य दशमलव ४६ अंकले घटेर तीन सय ६१ दशमलव शुन्य नौं अंकमा सिमित भएको छ । 

नेप्सेमा आज दुई सय ६९ वटा कम्पनीहरुको २१ हजार आठ सय ५१ पटकको कारोबारमा २१ लाख ७४ हजार नौं सय १४ कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम ७३ करोड ९६ लाख ५० हजार दुई सय ४७ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा बाँणिज्य बैंक र होटल तथा पर्यटन समुहको सुचक सामान्य अंकले बढेपनि बिकास बैंक फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जिवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक सुचक घटेर रातै भएका छन् । अ

आज सिटिजन्स म्युचुअल फण्ड–२ नेष्डो, समृद्ध लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैक, जानकी फाईनान्स आदिको सेयर मुल्य बढेकोमा एनआईबिएल ग्रोथ फण्ड, पिपुल्स पावर लिमिटेड, मुलुङ खोला जलबिद्युत कम्पनी आदिको सेयर मुल्य घटेको छ । एभरेष्ट बैंक, हिमाल दोलखा हाईड्रो पावर कम्पनी आखुखोला जलबिद्युत कम्पनी आदिको भने आज बढी रकम कारोबार भएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद