Media Network

नेप्सेमा थप एक कम्पनीको २३ लाख १२ हजार कित्ता बोनस शेयर सूचीकृत


खबरस्टोरी संवाददाता

२० पुष २०७९,बुधबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । डिप्रोक्स लघुवित्तले आफ्नो साधारण सभाबाट पारित गरेको २० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरका कुल २३ लाख १२ हजार ४९७ कित्ता बोनस शेयर आज सूचीकृत भएको हो । सूचीकृत पश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद