Media Network

नेप्सेमा ३ दशमलव ३३ अंकले बृद्धि


खबरस्टोरी संवाददाता

२० मंसिर २०८०,बुधबार

काठमाडौँ।नेप्से सामान्य अंकले बढेको छ ।नेप्से आज बुधबार ३ दशमलव ३३ अंकले बढेर एक हजार ८ सय ४१ दशमलव ०४ अंकमा कायम रहेको छ । सेन्सिटिभ इन्डेक्स पनि जेरो दशमलव ३६ अंकले घटेर तीन सय ५० दशमलव ७० अंकमा कायम रहेको छ । 

नेप्सेमा आज दुई सय ९३ वटा कम्पनीहरुको ३४ हजार नौँ सय ३१ पटकको कारोबारमा ३७ लाख ५० हजार ८ सय ९५ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब १४ करोड ४ लाख ३२ हजार सात सय ९० रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये निर्जीवन बीमा, बिकास बैंक, लगानी, टे«डिङ,जीवन बीमा, सामुहिक लगानी कोष र अन्य समुहको सुचक बढेपनि होटल तथा पर्यटन, फाईनान्स, बाँणिज्य बैंक, जलबिद्युत, उत्पादनमुलक, लघुवित्त,समुहहरुको सुचक घटेर राताम्मै भएको छ। 

आज धवलागिरी लघुवित्त वित्तिय संस्था, इनर्जी नेपाल लिमिटेड र माउण्टेड इनर्जी नेपाल आदिले कमाएपनि रावा इर्नर्जी डेभलपमेन्ट लिमिटेड, लिर्वर्टी इर्नर्जी कम्पनी सिंगटी हाइड्रो इनर्जी, सनराइज ब्लुचिप फण्ड र हिमालयन लघुवित्त वित्तिय संस्था आदिले गुमाएका छन् । सन् नेपाल लाइफ इन्स्योरेन्स र रिलायबर नेपाल लाइफ इन्स्योरन्स आदिको भने आज बढी रकम कारोबार भएका छन् ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद