Media Network

नेप्सेमा ४५ दशमलव ९८ अंकले बृद्धि


खबरस्टोरी संवाददाता

३ पुष २०८०,मंगलवार

काठमाडौँ।नेप्से सामान्य अंकले बढेको छ ।नेप्से आज बुधबार ४५ दशमलव ९८ अंकले बढेर दुई हजार एक सय ५ दशमलव ५१ अंकमा कायम रहेको छ । सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ५ अंकले बढेर तीन सय ९७ दशमलव ६९ अंकमा कायम रहेको छ । 

नेप्सेमा आज दुई सय ९३ वटा कम्पनीहरुको ९९ हजार छ सय ४१ पटकको कारोबारमा एक करोड ६४ लाख ५७ हजार १ सय ३८ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम पाँच अर्ब ९८ करोड ४६ लाख ९९ हजार एक सय ७५ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुे कारोबार भएको मध्ये निर्जीवन बीमा, बिकास बैंक, लगानी, टे«डिङ,जीवन बीमा, सामुहिक लगानी कोष, होटल तथा पर्यटन, फाईनान्स, बाँणिज्य बैंक, जलबिद्युत, उत्पादनमुलक, लघुवित्त,समुहहरुको सुचक सबैमा हरियाली छाएको छ।

आज बोटलर्स नेपाल(बालाजु), मेरो माइक्रोफाइनान्स वित्तिय संस्था र उन्नती लघुवित्त वित्तिय संस्था  आदिले कमाएपनि मोलुङ हाइड्रोपावर,माथिल्लो मैलुङ खोला जलविद्युत र शिद्धार्थ इभेष्टमेन्ट आदिले गुमाएका छन् । शिवम् सिमेन्ट र सोल्टी होटल आदिको भने आज बढी रकम कारोबार भएका छन् ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद