Media Network

नर्भिकले ल्यायो तिज अफर, हेल्थ प्याकेजमा भारी छुट


खबरस्टोरी संवाददाता

१० भाद्र २०७९,शुक्रबार

काठमाडौँ।नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा विशेष हेल्थ प्याकेजको अफर सार्वजनिक गरेको छ ।

होल बडी चेकअपका विभिन्न प्याकेजहरुमा आकर्षक छुटसहितको अफर सार्वजनिक गरिएको हो । यस अफर अन्तर्गत सेवाग्राहीले भारी छुटमा तीन खालका हेल्थ प्याकेज खरीद गर्न सक्नेछन् । आधारभूत तिज प्याकेज छ हजार छ सय ६६ रुपैंयाँ मै उपलब्ध हुने अस्पतालले जनाएको छ । यसअन्तर्गत सुगर रेण्डम, युरिक एसिड, लिपिड प्रोफाइल, यूरिया, क्रेटीनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पिए, इसीजी, अल्टासाउण्ड, यूरिन रुटिन लगायतको जाँच हुनेछ ।

यस्तै, नर्भिकले मेमोग्रामसहितको तिज प्याकेजमा पनि भारी छुटको अफर सार्वजनिक गरेको छ । यो प्याकेज नौंै हजार नौं सय ९९ रुपैयाँमै खरीद गर्न सकिनेछ । आधारभूत प्याकेजमा हुने जाँचबाहेक यसमा मेमोग्राफी डबल लगायतका अन्य आइटम पनि समावेश छन् । नर्भिकले ब्रेस्टको यूएसजीसहितको अर्को प्याकेज पनि ल्याएको छ । यो प्याकेज सात हजार सात सय ७७ रुपैयाँमै खरीद गर्न सकिनेछ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद