Media Network

२० निर्जीवन बीमा कम्पनीको लगानी ५४ अर्व


खबरस्टोरी संवाददाता

१३ भाद्र २०७९,सोमबार

काठमाडौं । २० वटा निर्जीवन बीमा कम्पनीहरुले गत आवमा करिव ५४ अर्व लगानी गरेका छन् ।

 बीमा समितिले आज प्रकाशित गरेको आर्थिक वर्ष २०७८÷७९ को लगानी तथ्याङ अनुसार निर्जीवन बीमा कम्पनीको लगानी ५३ अर्ब ९१ करोड ९२ लाख ५६ हजार रहेको छ ।निर्जीवन बीमा कम्पनीहरुले सबै भन्दा बढी क वर्गको बैंकको मुद्दति निक्षेपमा लगानी गरेको पाइएको छ । सो मा निर्जीवन बीमा कम्पनीहरुले ३७ अर्ब ५९ करोड ९८ लाख २० हजार लगानी गरेको छ ।

सबैभन्दा धेरै सरकारी लगानी रहेको राष्ट्रिय बीमा कम्पनीको रहेको छ । राष्ट्रिय बीमा कम्पनीले ५ अर्ब ९३ करोड ९४ लाख ७६ हजार बैंक मुद्दति निक्षेप र अन्य क्षेत्रमा लगानी गरेको छ । दोस्रोमा रहेको नेको इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४८ करोड ३२ लाख ३० हजार, तेस्रोमा रहेको शिखर इन्स्योरेन्स कम्पनीको ४ अर्ब ५ करोड ६२ लाख ३१ हजार रहेको छ ।

चौथोमा सगरमाथा इन्स्योरेन्स कम्पनीको ३ अर्ब ६५ करोड १ लाख ६१ हजार लगानी गरेको बीमा समितिले सार्वजनिक गरेको तथ्याङमा उल्लेख गरीएको छ । त्यस्तै क्रमशः सिद्धार्थ इन्स्योरेन्स कम्पनीको ३ अर्ब ५४ करोड, नेपाल इन्स्योरेन्स कम्पनीको ३ अर्ब ३३ करोड, प्रिमियर इन्स्योरेन्स कम्पनीको ३ अर्ब २३ करोड, दि ओरियन्टल इन्स्योरेन्सको २ अर्ब ६९ करोड, पुडेन्सियल इन्स्योरेन्सको २ अर्ब ३९ करोड, एनएलजी इन्स्योरेन्स कम्पनीको २ अर्ब ३३ करोड रुपैयाँ, लुम्बिनी जनरलको २ अर्ब २३ करोड, युनाईटेड इन्स्योरेन्सको २ अर्ब १५ करोड, नेशनल इन्स्योरेन्स कम्पनीको २ अर्ब ६ करोड रहेको छ ।

त्यस्तै, हिमालयन जनरल २ अर्ब ३ करोड, आइएमइ जनरलको २ अर्ब २ करोड, एभरेष्ट इन्स्योरेन्स कम्पनीको १ अर्ब ७६ करोड, अजोड इन्स्योरेन्सको १ अर्ब ६७ करोड रुपैयाँ, सानिमा जनरलको १ अर्ब ५२ करोड, प्रभु इन्स्योरेन्स कम्पनीको १ अर्ब ४२ करोड र जनरल इन्स्योरेन्सको १ अर्ब ३५ करोड लगानी रहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद