Media Network

१४ निर्माण व्यवसायी कालोसूचीमा


खबरस्टोरी संवाददाता

११ भाद्र २०८०,सोमबार

काठमाडौँ।सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने भएको छ । उक्त कम्पनीहरुलाई विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न लेखि आएकोले कालोसूचीमा राख्न लागिएको हो ।

कालोसूचीमा राख्नु नपर्ने कारण भए आज भदौ ११ गतेदेखि ७ दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ । कार्यालयले यसअघि पनि निजहरुलाई ३० दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको थियो । ३० दिनमा लिखित स्पष्टिकरण नआएको भन्दै पुनः ७ दिनको समय  दिएको हो ।

७ दिन भित्र लिखित स्पष्टिकरण नदिएमा वैष्णवी एण्ड लोकेन्द्र सप्लायर्स, अनामिका कन्स्ट्रक्सन, पारस निर्माय सेवा, त्रिवेणी निर्माण सेवा भावेश कन्स्ट्रक्सन जस्ता निर्माण व्यवसायी्आपूर्तिकर्ता कालोसूचीमा पर्ने छन् । यस्तै रुमानी निर्माण सेवा, कास्र्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स, ग्रीन वल्र्ड, एसिन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेल्ट, प्रान्जल निर्माण सेवा पनि कालोसूचीमा पर्ने छन् ।

                     

Share:
Reaction :
ताजा समाचार
खेलकुद