Media Network

निर्यात व्यापारमा २२ प्रतिशतले गिरावट , ११ महिनामा एक खर्ब ४३ अर्ब रुपैंयाँको सामान निर्यात


खबरस्टोरी संवाददाता

२५ असार २०८०,सोमबार

काठमाडौं।मुलुकको निर्यात व्यापारमा गिरावट आएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको ११ महिनाको प्रतिवदेन अनुसार वस्तु निर्यात २२ दशमलव सात प्रतिशतले घटेर एक खर्ब ४३ अर्ब ५९ करोड रुपैंयाँमा खुम्चिएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३ दशमलव तीन प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । 
राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२ दशमलव दुई प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः एक सय छ दशमलव सात प्रतिशत र नौं दशमलव नौं प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । ढ। आर्थिक वर्ष २०७९–०८० को ११ महिनामा कुल वस्तु आयात १६ प्रतिशतले कमी आई १४ खर्ब ८० अर्ब ९८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७ दशमलव पाँच प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४ दशलव आठ प्रतिशत, १७ दशमलव एक प्रतिशत र १८ दशलमलव पाँच प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, औषधी, कच्चा भटमासको तेल, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको प्रतिवेदनमा उल्लेख छ ।
निर्याततर्पm भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको राष्ट्र बैंकको भनाई छ । आयाततर्पm रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७९–०८० को ११ महिनामा कुल वस्तु व्यापार घाटा १५ दशमलव दुई प्रतिशतले कमी आई १३ खर्ब ३७ अर्ब ३९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौ दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव शुन्य पाँच प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ३८ अर्ब ४७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात दुई खर्ब ८८ करोड बराबरको भएको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद