Media Network

पाँच महिनामा करिब एक सय सहकारी कालोसूचीमा, कुन कुन परे ?


खबरस्टोरी संवाददाता

६ पुष २०८०,शुक्रबार

काठमाडौं । झण्डै बैंकहरु कै हाराहारीमा कारोबार गर्दै आएका सहकारीहरु एकपछि अर्को गर्दै धरासयी बन्दै गएका छन् । केहि सहकारी संस्थाहरुले बचतकर्ताको बिल्लबाठ बनाएका छन् भने केहि सञ्चालकहरु जेलसम्म पुगेका छन् ।
वर्षौअघि ओरण्टल सहकारी समस्यामा पर्दा त्यसले बचतकर्तामा सिर्जना गरेको घाउमा अझै खाटो बसिसकेको छैन  । यता विभिन्न बैंक तथा वित्तीय संस्था, राष्ट्रिय सहकारी बैंक लगायत अन्य निकायबाट लिएको ऋण तिर्न नसकेका कारण कालोसूचीमा पर्ने सहकारीको संख्या पनि उतिकै छ ।  
चालू आर्थिक वर्षको पाँच महिनाको कर्जा सूचना केन्द्रको तथ्यांक हेर्ने हो भने यसरी कालोसूचीमा पर्ने सहकारीको संख्या करिब एक सयको हाराहारीमा छ । चालू आवको साउनदेखि मंसिर महिनासम्मको पाँच महिनाको अवधिमा ९२ वटा सहकारी संस्था कालोसूचीमा परेका छन् । 
कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार कालोसूचीमा परेका सहकारीहरुमा बहुउद्देश्यीय, कृषि र बचत तथा ऋण सहकारी संस्था रहेका छन् । चालू आवको पहिलो महिना साउनमा ३६ वटा सहकारी कालोसूचीमा परेका छन् । त्यस्तै, भदौ महिनामा १६ वटा, असोजमा १६ वटा, कात्तिकमा १२ वटा, मंसिरमा १२ वटा सहकारी कालोसूचीमा परेका छन् ।

कुन कुन परे ?

Share:
Reaction :
ताजा समाचार
खेलकुद