Media Network

पुन २० अर्ब २५ करोड रुपैयाँँ बराबरको ट्रेजरी बिल जारी हुने


खबरस्टोरी संवाददाता

१७ पुष २०७९,आईतवार

काठमाडौ।भोलि सोमबार नेपाल राष्ट्र बैंकले पुन २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । 


पुस १९ गते जारी मिती तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन । जारी गरिने कुुल ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको सात अर्ब ७५ करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैंयाँको रहेको राष्ट्र बैंकको भनाई छ । 

यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ माघ १७ गते, २०७९ चैत २१ गते र २०८० पुस १७ गते तोकिएका छन् । यि ट्रेजरी बिलहरु मध्ये १२ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल पुरानो नविकरण अन्र्तगतको र बाँकी सात अर्ब ५० करोड रुपैंयाँ बराबरको नयाँ रहेको छ । यसअघि पुस ११ गते पनि राष्ट्र बैकले १८ अर्ब ५० करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।        


Share:
Reaction :
ताजा समाचार
खेलकुद