Media Network

पिपुल्स हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री खोल्यो


खबरस्टोरी संवाददाता

३१ भाद्र २०७९,शुक्रबार

काठमाडौँ।पिपुल्स हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आजदेखि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले स्थानीयलाई जारी पुँजीको ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गरेको हो।

जसमध्ये आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नम्बर ६ र ७ का स्थानीय बासिन्दाहरूका लागि ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ।

लमजुङ जिल्लाका स्थानीय बासिन्दाहरूले २२ लाख ४० हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल मार्केटले गर्नेछ। 

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

यसमा छिटोमा असोज १४ गतेसम्म र ढिलोमा असोज ३० गतेसम्म आइपीओ खुला रहनेछ। स्थानीय बासिन्दाले यसमा ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउन्टरबाट आवेदन दिन सक्नेछन्।

त्यसैगरी, एनएमबी बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीसहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद