Media Network

पिपुल्स पावर कम्पनीको आइपिओ आज बाँडफाँट हुँदै


खबरस्टोरी संवाददाता

१२ भाद्र २०७९,आईतवार

काठमाडौँ।पिपुल्स पावर कम्पनीको आइपिओ आज आइतबार बाँडफाँट हुँदैछ।बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा दिउँसो २ बजे आइपिओ बाँडफाँट गर्ने तयारी गरेकोे छ।

यसको प्रि–अलोटमेन्ट गत बुधबार नै सम्पन्न भइसकेको छ।

यसमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ। जसमा २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पार्नेछन्।

बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ।

यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन्। कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

कम्पनीले साउन ३१ गतेबाट भदौ ५ गतेसम्म सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपिओ जारी गरेको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद