Media Network

प्रभु बैंक र हेफर इन्टरनेशनल नेपालबिच सम्झौंता


खबरस्टोरी संवाददाता

६ श्रावण २०७९,शुक्रबार

काठमाडौ। प्रभु बैंक र हेफर इन्टरनेशनल नेपालबिच सम्झौंता भएको छ । बैंकले युवा तथा महिला उद्यमीलाई वित्तीय कर्जा दिने बिषयमा उक्त संस्थासंग सम्झौंता गरेको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र हेफर नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार कृषि तथा पशुपालन सम्बन्धि क्षेत्रमा साना किसानलाई सहज ढंगबाट वित्तीय कर्जा दिइनेछ । यो साझेदारीबाट युवा, महिला उद्यमी र साना किसानहरुको व्यवसाय विस्तार गर्ने उद्देश्य लिइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हेफरले उन्नत नश्लका पशुपालनमा किसानलाई सघाउँदै आएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद