Media Network

प्रभु र अजोड इन्स्योरेन्स मर्जरको तयारीमा


खबरस्टोरी संवाददाता

३२ असार २०७९,शनिबार

काठमाडौ ।  आर्थिक वर्षको अन्त्यमा आएर प्रभु र अजोड इन्स्योरेन्स कम्पनी मर्जरको तयारीमा जुटेका छन् । 

प्रभु र अजोड इन्स्योरेन्स एक आपसमा मर्जर गर्नका लागि दुबै सञ्चालक समितिमा छलफल भइरहेको छ । प्रभु र अजोड इन्स्योरेन्सबीचको  मर्जका  लागि स्वाप रेसियो सहित अन्य प्राविधि विषयमा भने अझै छलफल गर्न बाँकी रहेको  स्रोतले बताएको छ । प्रभु इन्स्योरेन्स एलायन्स इन्स्योरेन्सलाई प्रभु ग्रुपले खरिद गरेपछि नाम परिवर्तन गरेर प्रभु भएको पुरानो इन्स्योरेन्स कम्पनी हो । त्यस्तै, अजोड इन्स्योरेन्स पछिल्लो समयमा बीमा कम्पनीहरुले सञ्चालन पाएका बेलामा अनुमति पाएको नयाँ बीमा कम्पनी हो । 

अजोड इन्स्योरेन्ससँग यसभन्दा पहिला सानिमा लाइफ इन्स्योरेन्स कम्पनीसँग पनि छलफल भएको थियो । तर, सानिमा इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज गर्नका लागि सम्झौता समेत गरिसकेका छन् । निर्जीवन बीमा कम्पनीलाई बीमा समितिले चुक्तापुँजी वृद्धि गर्न बाध्यकारी निर्देशन जारी गरेपछि निर्जीवन इन्स्योरेन्सको चुक्तापुँजीे न्यूनतम दुई अर्ब ५० करोड रुपैयाँ र जीवन बीमा कम्पनीले न्यूनतम पाँच अर्ब चुक्ता पुँजी पु¥याउनुपर्ने भएको छ ।

अहिले प्रभु इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २८ करोड रहेको छ । त्यस्तै,  अजोड इन्स्योरेन्सको  १ अर्ब रुपैयाँ छ । दुई संस्था मर्जर भएपछि पनि चुक्तापुँजी बीमा समितिले तोके अनुसारको पुग्दैन । मर्जपछि यी दुई कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ मात्र हुन्छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद