Media Network

पुरानै लयमा फर्कदै पर्यटन व्यवसाय


खबरस्टोरी संवाददाता

४ बैशाख २०७९,आईतवार

काठमाडौ । प्राकृतिक सम्पदाको धनी मानिएको नेपालको अर्थतन्त्र पछिल्ला केहि दिनहरुमा गिजोलिएको छ । देशको आर्थिक अवस्था दिनप्रतिदिन खस्कदो स्थितिमा देखिन्छ । आर्थिक तथ्यांकहरुले अर्थतन्त्रको अवस्था त्यति राम्रो देखाउँदैनन्।

मुलुकको अर्थतन्त्रको ठुलो हिस्सा ओगटेको पर्यटन क्षेत्र कोरोना महामारीले थलिएपछि निरन्तर उठ्ने प्रयासमा छ, यद्यपी कोरोना महामारीको प्रभाव न्यून बन्दै गएसँगै स्वास्थ्य प्रोटोकल पनि क्रमश हट्दै गएकाले पर्यटन क्षेत्रमा पर्यटकहरुको अ 

नेपाली अर्थतन्त्रलाई गहिराईमा अध्ययन गर्ने अर्थशास्त्रीहरु पनि यतिबेला देशको आर्थिक अवस्थालाई लिएर चिन्ता व्यक्त गरिरहेका छन् । खासगरी नेपाली अर्थतन्त्रमा पछिल्ला दिनहरुमा विदेशी मुद्राको सञ्चिति घट्दै आएको छ । विगतको आठ महिनामा करिब १ागमन बढ्दै जान थालेको छ । ८ प्रतिशतले विदेशी मुद्राको सञ्चिति घटेको छ ।

सो अवस्थाले निरन्तरता पाएसँगै भवितव्य आर्थिक संकटको स्थिति आउन सक्ने भन्दै सरकारले केही वस्तुको आयात रोक्ने रणनीति बनाएको छ । यतिबेलाको अवस्था पैसा भएर पनि चाहेको वस्तु खरिद गर्न नपाइने बनेको छ । हालै मात्र सरकारले नेपाल राष्ट्र बैंक मार्फत अत्यावश्यक बाहेकका वस्तुको आयातका लागि एलसी नखोल्न निर्देशन जारी गरेको छ ।

अत्यावश्यक बाहेकका वस्तुको खरिदमा अंङकुश लागेको छ । जुन विदेशी मुद्राको सञ्चित अभावले निम्त्याएको आर्थिक समस्या हो। नेपालभित्रै उत्पादन नहुने तथा प्रवाह नहुने सेवा विदेश भित्राउदाँ वा वस्तु तथा सेवा आयातका लागि विदेशी मुद्राको आवश्यकता पर्ने हुन्छ । आयात बढ्नु भनेको विदेशी मुद्राको खर्च बढ्नु हो, माग अनुसार डलर आम्दानी बढ्न नसकेकै कारण नेपालसँग यसअघि नै भएको सञ्चिति रकम खर्च भईसकेको छ।  सिमीत स्रोत र साधन निर्यात, पर्यटन, रेमिट्यान्स, विदेशी अनुदान÷ऋण जस्ता स्रोतबाट मुख्यगरी विदेशी मुद्राको आर्जन हुन्छ। यसका अलावा विदेशी मुद्रा आर्जनको मुख्य स्रोतमध्ये रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा यो वर्ष न्यून रह्यो । रेमिट्यान्स बाहेक विदेशी मुद्रा आम्दानीको मुख्य स्रोत पर्यटन हो ।

 विदेशी मुद्राको मागको अनुपातमा पर्यटन आम्दानी कम देखिन्छ ।यद्यपी कोरोना महामारीको समयमा भन्दा अहिले सुधारोन्मुख अवस्थामा छ ।अहिले विदेशी मुद्राको सञ्चितिमा दबाबको कारण पर्यटन क्षेत्रलाई पनि मानिन्छ ।

सामान्य अवस्थामा मासिक ७ देखि ९ करोड डलरसम्मको आम्दानी हुने यो क्षेत्र शून्य अवस्था सम्म पुगेको थियो । अब भने महामारीको प्रभाव केही न्यून भएपछिे पर्यटनले फेरि पुरानै लय समात्न थालेको छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा आउने पर्यटकको संख्यामा वृद्धि देखिएको छ। पर्यटन क्षेत्रमा सम्लग्न व्यवसायिहरु पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको बताउँछन् ।

विदेशी पर्यटकको आगमनले विदेशी मुद्राले आर्थिक अवस्थालाई चलायमान  बनाउन टेवा पुराउँछ । पर्यटन विभागका अनुसार २०२० को फेबरुअरीमा ९८ हजार नेपाल भित्रिएका थिए ।भने त्यसपछिको महिनामा ४२ हजार ७७६ पर्यटक नेपाल आएका थिए। 

अप्रिल २०२० देखि लकडाउन लागू भइसकेको थियो। त्यसपछि पर्यटक आगमन लगभग शून्य भयो। त्यसपछि २०२१ मा महामारी सामान्य बन्दै गएपछि २०२२ को मार्चमा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका छन्। यो संख्या भनेको दुईअघिकै अवस्था हो । आर्थिक वर्ष २०७५÷७६ मा नेपालले पर्यटनबाट ७५ अर्ब बराबरको विदेशी मुद्रा आम्दानी गरेको थियो।

गएको महिना पर्यटक आगमनको संख्याले पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्। विशेषगरी दुई वर्षदेखि व्यापार नपाएर बसेका पाँचतारे होटलहरु यतिबेला खुलेका छन् ।आगामी दिनमा फेरि कोरोना महामारीको कुनै प्रकोप बढेन भने आगामी सिजनमा पर्यटन सामान्य अवस्थामै पुग्ने सबै व्यवसायीको विश्वास छ। 

यो वर्षको आठ महिनामा नेपालले जम्मा १४ अर्ब बराबरको विदेशी मुद्रा आम्दानी गरेको छ। यसअघिका सात महिनामा जम्मा १ लाख २५ हजार मात्र पर्यटक आएका थिए। तर पछिल्लो महिना आएका ४२ हजार पर्यटक आएका छन्। यो संख्या जति थपिँदै जान्छ आम्दानी पनि थप हुँदै जाने देखिन्छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद