अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्चवापत ९५ लाख २७ हजार रुपैयाँ खर्च भएको छ ।
असार २०८० मा अर्थले विशिष्ट व्यक्तिको भ्रमण खर्चवापत सो रकम खर्च भएको जानकारी दिएको हो।
मन्त्रिपरिषद्को १५ जेठको बैठकले यो खर्च स्वीकृत गरेको थियो ।
प्रचण्ड १७ जेठमा भारत भ्रमणका लागि प्रस्थान गरेका थिए ।