Media Network

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै


खबरस्टोरी संवाददाता

५ मंसिर २०८०,मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको वर्तमान अर्थतन्त्रको  विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दैछन् । छलफल आज दिउँसो दुई बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले यसै विषयमा सोमबार अर्थ मन्त्रालय, राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री, सचिव तथा अन्य सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरेका थिए । सोही छलफलले निजी क्षेत्रसँग पनि छलफल गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले प्रधानमन्त्रीको ११ महिने कार्यकालमा अर्थतन्त्रमा देखिएको सुधार र विद्यमान चुनौतीहरुबारे समीक्षाका लागि छलफल गर्न लागेको बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद