Media Network

पर्यटक आगमनसँगै नाफामा होटल व्यापार


खबरस्टोरी संवाददाता

५ मंसिर २०८०,मंगलवार

काठमाडौँ । पर्यटक आगमन र अन्य आर्थिक क्रियाकलाप बढेसँगै होटेलहरूको व्यापार बढेको छ । व्यापार बढेसँगै उनीहरूको नाफामा बढ्न पुगेको हो । अघिल्लो वर्षहरूमा पर्यटन व्यवसाय पनि नोक्सानीमा थियो । यसअघि होटेल व्यवसाय कोरोना महामारी, उच्च ब्याजदर लगायतको मार थियो । पर्यटक आगमन नहुँदा होटेल व्यवसाय घाटा चलिरहेका थिए । तर, पछिल्लो समय सहज वातावरण बनेको छ । 

नेपालमा सञ्चालित ठुला तारे होटेलहरूको व्यापार वृद्धि भएको छ । व्यापारसँगै उनीहरूको नाफा पनि दोहोरो अङ्कको बढोत्तरी देखिएको छ । 

हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा होटेल तथा पर्यटन क्षेत्रका ६ वटा कम्पनीहरू सूचीकृत सूचीकृत छन् । ती कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस क्षेत्रको व्यापार सँगै नाफामा वृद्धि भएको छ।

नेप्सेमा सूचीकृत ६ वटा होटेलहरूले तीन महिनामा १ अर्ब १६ करोड ५१ लाख ८९ हजार रुपैयाँ बढीको व्यापार गरेका छन् । जुन गत आवको पहिलो त्रैमासको तुलनामा साढे ९ करोड बढी अर्थात् ६९.६५ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा होटेलहरूले कुल १ अर्ब ६ करोड ९१ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए । 

नेप्सेमा सोल्टी होटेल, तारागाँउ रिजेन्सी, चन्द्रागिरि, सिटी होटेल, ओरियण्टल र कालिन्चोक दर्शन सूचीकृत छन् । यीमध्ये कालिन्चोक दर्शनले भन पहिलो त्रैमासिकको वित्तिय विवरण हालसम्म सार्वजनिक गरेको छैन ।

 यता, गत आवको पहिलो त्रैमासिकमा नोक्सानी ब्यहोरिरहेको सिटी होटेल भने अहिलेको पहिलो त्रैमासमा ७ करोड ७७ लाख रुपैयाँ बढी ऋणात्मक छ ।   गत आवको अवधिको तुलनामा भने होटेलले नोक्सानी घटाएको हो यद्यपि, गत आवको असोज मसान्तसम्ममा पनि यस होटेल ८ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा नै थियो । 

यी बाहेकका अन्य होटेलहरूको नाफा भने वृद्धि भएको छ । अन्य चार वटा होटेलले तीन महिनामै १८ करोड ५ लाख रुपैयाँ बढी खुद नाफा कमाएका छन् । जुन गत आवको सोही अवधिको तुलनामा १२.१२ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा पनि कम्पनीहरूले १६ करोड ९ लाख बढी नाफा कमाएको थिए । विशेषगरि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा बढोत्तरी आएकाले नै कम्पनीहरू नाफा गएका छन् ।

धेरै नाफा कमाउनेमा सोल्टी 

चालु आवको तीन महिनामा सबैभन्दा धेरै नाफा सोल्टी होटेलले कमाएको छ । कम्पनीले १० करोड २३ लाख बढी नाफा कमाएको हो । यद्यपि, गत आवको पहिलो त्रैमासको तुलनामा भने ८.६२ प्रतिशतले कमी हो । गत आवको असोज मसान्तसम्ममा कम्पनीले ११ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।

 तीन महिनामा सोल्टीले ३९ करोड ९६ लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । यस्तै समीक्षा अवधिमा ओरियण्टले २१ करोड १४ लाख र चन्द्रागिरि हिल्सले २० करोड ६१ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।

व्यापार तथा नाफा वृद्धिदर बढाउनेमा तारागाँउ रिजेन्सी 

समीक्षा अवधिमा व्यापार बढाउन भने तारागाँउ रिजेन्सी र सिटी होटेल अगाडी देखिएको छ । तारागाउँले तीन महिनामै २७.९३ प्रतिशतले व्यापार बढाएर २३ करोड २२ लाख कटाएको छ ।

दोस्रो स्थानमा रहेको सिटी होटेलले पनि २७.०७ प्रतिशतले बढाएर ११ करोड ५५ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । तर, रकमको आधारमा भने सोल्टी होटेलले धेरै व्यापार गरेको छ।

त्यस्तै पहिलो त्रैमासमा नाफा वृद्धिदर पनि तारागाउँ रिजेन्सी होटेल पहिलो बनेको छ । कम्पनीले तीन महिनामै ७८.७० प्रतिशतले नाफा बढाएर ४ करोड ४० लाख रुपैयाँ पु¥याएको छ । नाफा वृद्धिदरमा दोस्रो बनेको चन्द्रागिरि हिल्सले पनि ६३.०६ प्रतिशत बढाएर २ करोड १३ लाख रुपैयाँ पु¥याएको छ । यता, ओरियण्टल होटेलको नाफा पनि १३.४६ प्रतिशतले बढेर १ करोड २७ लाख रुपैयाँ पुगेको छ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद