Media Network

राज्यले उद्यमी महिलाहरुलाई अभिप्रेरित गर्नु पर्छ : डा. अर्थमन्त्री महत


खबरस्टोरी संवाददाता

२६ श्रावण २०८०,शुक्रबार

काठमाडौं। अर्थमन्त्री डा. प्रकाश शरण महतले राज्यले उद्यमी महिलाहरुलाई अभिप्रेरित गर्नु पर्ने बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित (महिला उद्यमशीलता विकास तथा हरित अर्थतन्त्रमा) अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री महतले महिलाहरुको आत्मविश्वासलाई बढाएर लानु पर्ने बताए ।

उनले भने ‘राज्यले यसलाई प्राथमीकताका साथ अभिपे्ररित गर्नु पर्छ । महिलाहरुको निरन्तर समपर्णका साथ लागिरहने स्वभाव हुन्छ । त्यो कारणले पनि यो सफल हुन्छ । उद्यमी महिला दिदीबहिनीहरुलाई अगाडि बढाउनु पर्छ । सरकारले सम्पूर्ण रुपमा यो सफल गर्न सहयोग हुन्छ । ’

मन्त्री महतले हरेक क्षेत्रमा महिलाको उत्तरदायी भूमिका रहेको भन्दै सिपको विकासमा जोड दिन आवश्यक रहेको बताएका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद