Media Network

रेमिट्यान्स आप्रवाह १२ खर्ब २० अर्ब नाध्यो


खबरस्टोरी संवाददाता

१ भाद्र २०८०,शुक्रबार

काठमाडौं । गत वर्ष रेमिट्यान्स आप्रवाह १२ खर्ब २० अर्ब पुगेकोछ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत वर्षको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह गत आर्थिक वर्ष भन्दा २१.२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष भने २.२ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो ।

गत वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ४८ अर्ब ४८ करोड पुगेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद