Media Network

राष्ट्र बैंकले आज १० अर्ब तरलता तान्दै


खबरस्टोरी संवाददाता

१ पुष २०८०,आईतवार

काठमाडौं । बजारमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँ तान्ने भएको छ । निक्षेप संकलन बोलकबोलमार्फत केन्द्रीय बैंकले आज १० अर्ब रुपैयाँ लिने भएको हो । 

२०८० पुस १ गते २ बजे अनलाइन बिडिङ सिस्टम सफ्वेयरमार्फत निक्षेप संकलनको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । उक्त निक्षेप  संकलनको आजै निष्काशन हुने समेत केन्द्रीय बैंकले जनाएको छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । 

निक्षेप संकलनको साँवा ब्याज आगामी पुस ८ गते परिपक्क हुनेछ । यस निक्षेप संकलन केन्द्रीय बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद