Media Network

राष्ट्र बैंकले आज पुन १८ अर्ब २५ करोड रुपैयाँँको ट्रेजरी बिक्री गर्दै


खबरस्टोरी संवाददाता

२४ आश्विन २०७९,सोमबार

काठमाडौ।नेपाल राष्ट्र बैंकले पुुनः १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज सोमबार अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणमा ट्रेजरीबिल बिक्री गर्न लागिएको हो । 

असोज २५ गते जारी मिति तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । बिक्री गरिने ति ट्रेजरीहरुमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड र तीन सय ६४ दिने अवधिको तीन अर्ब रुपैंयाँ बराबरको रहेको छ । 

यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ कात्र्तिक दुई गते, २०७९ पुस २६ गते, २०७९ चैत्र १२ गते र २०८० असोज २३ गते तोकिएको र यि ट्रेजरी पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकको भनाई छ ।  असोज १३ गते पनि १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।       



Share:
Reaction :
ताजा समाचार
खेलकुद