Media Network

राष्ट्र बैंकले बित्तीय प्रणालीमा ५६ करोड संस्थागत निक्षेप राख्ने


खबरस्टोरी संवाददाता

२४ आश्विन २०७९,सोमबार

काठमाडौ।बित्तीय प्रणालीमा नेपाल राष्ट्र बैकले ५६ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । उपादन तथा पेन्स कोषमा रहेको रकम तीन सय ६७ दिने मुुद्धती निक्षेपकोरुपमा २०७९ कात्र्तिक तीन गतेदेखि २०८० कात्र्तिक चार गतेसम्मको लागि राख्न लागिएको जानकारी राष्ट्र बैंकले दिएको छ । 

राष्ट्र बैंकका अनुसार यसरी राखिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि ४४ करोड ८० लाख, बिकास बैंकहरुको लागि आठ करोड ४० लाख र फाईनान्स कम्पनीहरुको लागि दुई करोड ८० लाख रुपैयाँ रुपैयाँ रहेको छुुट्याईएको छ । रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही असोज २६ गतेसम्ममा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ । 

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने शर्तहरु तोकिएको राष्ट्र बैंकले जनाएको छ ।   


Share:
Reaction :
ताजा समाचार
खेलकुद