Media Network

राष्ट्र बैंकले नीतिगत दर चलाएपनि बैंकहरुले ब्याजदर नघटाउने


खबरस्टोरी संवाददाता

२६ माघ २०७९,बिहीबार

काठमाडौँ।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत बैंक दर घटाएपनि बैंकहरुले ब्याजदर नघटाउने भएका छन् । बैंकरहरुले बिहीबार नै सहमती गरेर फागुन महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय गरेका हुन ।

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवर्षिक समिक्षा गर्ने भएको छ । राष्ट्र बैंकले बैंक दर घटाएको खण्डमा आफुहरुले पनि घटाउन पर्ने भएकाले बैंकहरुले चलाखि अपनाउदै बिहीबार नै यथावत राख्ने निर्णय गरेका हुन ।

हाल बैंकहरुले निक्षेपको ब्याजदर ११ प्रतिशत कायम गरेका छन् । माघ महिनाका लागि १.३३ प्रतिशत विन्दुले घटाएर ११ प्रतिशतमा झारेका थिए । ब्याजदर उच्च रहेको चौतर्फी विरोध भएपनि बैंकरहरुले तरलताको अवस्थामा  सुधार नआएको भन्दै फागुन महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय गरेका हुन ।

तर, पछिल्लो समयमा अल्पकालिन ब्याजदर पनि निरन्तर ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले माघ २८ गतेसम्मका लागि बजारमा पठाएको ४५ दिने रिपोका कारण तरलता अधिक देखिएको हो । त्यसले अल्पकालिन ब्याजदर समेत घटेको हो ।

पछिल्लो समयमा बैंकहरुको उच्च ब्याजदरको चौतर्फि विरोध भैरहेको छ । तर, राष्ट्र बैंकले वृद्धि गरेको बैंक दर नघट्दासम्म बैंकहरुले ब्याजदर नघटाउने पक्षमा देखिएका हुन । ब्याजदर घटाउने दबाब आउदा केन्द्रीय बैंकले बैंक दरलाइ नचलाई बैंकहरुको कर्जा निक्षेप विचको ब्याजदर अन्तर(स्प्रेड)घटाउने निर्णय गरेको थियो ।

हाल नेपाल राष्ट्र बैंकले तोकेको बैंक दर अर्थात स्थायी तरलता सुविधा दर ८.५ प्रतिशत रहेको छ । त्यसैगरी नीतिगत दर भने ७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बजारमा पठाएको तरलताका कारण अन्तर बैंक दर भने घटेर ४.१० प्रतिशत कायम भएको छ । त्यसका साथै टे«जरी बिल्सको डिस्काउन्ट रेट समेत घटेर एकल अंकमा आउन थालेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद