Media Network

राष्ट्र बैंकले पौने ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने


खबरस्टोरी संवाददाता

१० मंसिर २०८०,आईतवार

काठमाडौँ।नेपाल राष्ट्र बैंकले २ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले विभिन्न कोषहरुमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

केन्द्रिय बैंकले उक्त निक्षेप २०८० पुस १ गतेदेखि २०८१ मंसिर ३० गतेसम्म ३६५ दिन अवधिको लागि राख्न लागेको हो ।

केन्द्रिय बैंकका अनुसार मुद्दती निक्षेपमा राखिने कुल २ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ मध्ये २ अर्ब २९ करोड २२ लाख रुपैयाँ वाणिज्य बैंकहरुमा, ४२ करोड ९८ लाख रुपैयाँ विकास बैंकहरुमा र १४ करोड ३३ लाख रुपैयाँ फाइनान्स कम्पनीहरुमा राखिने जनाइएको छ ।

मुद्दती निक्षेप लिन राख्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले मंसिर १३ गतेसम्म केन्द्रीय बैंकले तोकेको इमेल ठेगानामा ब्याजदर प्रस्ताव गरिसक्नुपर्नेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद