Media Network

राष्ट्र बैंकले तीन अर्ब १३ करोड रुपैयाँँको ट्रेजरी बिल जारी गर्ने


खबरस्टोरी संवाददाता

१२ भाद्र २०७९,आईतवार

काठमाडौँ।नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुुनः तीन अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म बोलकवोलका माध्यमद्धारा खरिद गर्न सक्ने गरी उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार भदौ १४ गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । यो ट्रेजरीको परिपक्व हुने अवधि ९१ दिन अर्थात २०७९ मंसिर १३ गते तोकिएको छ । राष्ट्र बैकका अनुसार यो ट्रेजरी पुरानो नविकरण अन्र्तगतको रहेको छ ।

गत साता पनि राष्ट्र बैकले १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद