Media Network

राष्ट्र बैंकले दुई अर्ब २६ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्ने


खबरस्टोरी संवाददाता

१९ माघ २०७९,बिहीबार

काठमाडौ।नेपाल राष्ट्र बैकले दुई अर्ब २६ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नको लागि प्रस्ताव मागेको छ। बिहिबार राष्ट्र बैंकले कर्मचारी उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६७ दिने मुुद्धती निक्षेपकोरुपमा २०७९ फागुन चार गतेदेखि २०८० फागुन पाँच गतेसम्म लगानी गर्न प्रस्ताव माग गरेको हो । 


लगानीको लागि प्रस्ताव गरिएको कुल निक्षेप रकम मध्येमा बाँणिज्य बैकहरुको लागि एक अर्ब ८० करोड ८० लाख, बिकास बैंकहरुको लागि ३३ करोड ९० लाख र फाईनान्स कम्पनीहरुको लागि ११ करोड ३० लाख  रुपैयाँ रुपैयाँ तोकिएको छ ।  इच्छुुक बैंक तथा फाईनान्स कम्पनीहरुले यही माघ २२ गतेसम्म आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर लगानीको लागि प्रस्ताव पेस गर्नुपर्ने छ । 

प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको एवं खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनु पर्ने राष्ट्र बैंकको भनाई छ ।      


Share:
Reaction :
ताजा समाचार
खेलकुद