Media Network

राष्ट्र बैंकद्धारा कडा मौद्रिक नीति जारी : मुद्राप्रदाय १२ प्रतिशत र ऋण विस्तारको लक्ष्य १२.६ प्रतिशत मात्रै


खबरस्टोरी संवाददाता

६ श्रावण २०७९,शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकल कसिलो मौद्रिक नीति सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्षका लागि विस्तृत मुद्राप्रदाय र कर्जा विस्तारको लक्ष्यमा कटौती गरेको हो। 

आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यो वर्ष निजी क्षेत्रमा जाने ऋणको विस्तार १२.६ प्रतिशतभित्र हुने लक्ष्य निर्धारण गरेको छ। गत वर्ष यस्तो लक्ष्य १९ प्रतिशत थियो। जेठ मसान्तसम्म निजी क्षेत्रमा जाने कर्जा १६ प्रतिशत वृद्धि भएको थियो।

त्यस्तै चालू आर्थिक वर्षमा विस्तृत मुद्राप्रदाय १२ प्रतिशतमात्र गर्ने लक्ष्य राखिएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए। गएको वर्ष मुद्राप्रदायको लक्ष्य १८ प्रतिशत थियो। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद