Media Network

राष्ट्र बैंकद्धारा २२ करोड ६६ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीको आव्हान


खबरस्टोरी संवाददाता

१७ कार्तिक २०७९,बिहीबार

काठमाडौँ।नेपाल राष्ट्र बैकले २२ करोड ६६ लाख रुपैंयाँ संस्थागत निक्षेप लगानी आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार बिभिन्न कोषहरुमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०७९ मंसिर  दुुई गतेदेखि २०८० मंसिर दुई गतेसम्मको लागि लगानी गर्न आव्हान गरिएको हो । 

यसरी मुुद्धती निक्षेपकोरुपा राखिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि १८ करोड, १४ लाख, बिकास बैंकहरुको लागि तीन करोड ३९ लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड १३ लाख रुपैयाँ रुपैयाँ छुुट्याईएको छ । रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही कात्र्तिक २१ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ । 

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जनाएको छ ।  



Share:
Reaction :
ताजा समाचार
खेलकुद