Media Network

राष्ट्र बैंकद्धारा १८ वटा बस्तु तथा सेवाको खरिद डलर कार्डको प्रयोगमा रोक


खबरस्टोरी संवाददाता

१४ भाद्र २०७९,मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ वटा बस्तु तथा सेवाको प्रयोगमा बन्देज लगाएको छ । मंगलबार बाँणिज्य बैंक र राष्ट्रियस्तरका बिकास बैंकहरुको नाउँमा परिपत्र जारी डलर कार्डको प्रयोगमा कडाई गरेको हो । 

मंगलबार जारी गरेको डलर कार्डको प्रयोग सम्वन्धी ससोधित व्यवस्था अनुसार अब देखि १८ प्रकारका बस्तु तथा सेवाको खरिदमा डलर कार्डको प्रयोग पुर्णरुपमा बन्देज भएको छ । यस अन्र्तगत ४८२९, ५९६०, ५९७२, ६०१०, ६०११, ६०१२, ६०५१, ६२११, ६३००, ६५१३, ६५३४, ६५४०, ७२७३, ७८०१, ७८०२, ७९९५, ८६५१ र ८६६१ सहितका १८ वटा मर्चेन्ट क्याटागोरी कोड (एमसीसी) अन्र्तगतका बस्तु तथा सेवाहरुमा डलर कार्डबाट भुक्तानी गर्न प्रतिवन्ध लगाईएको छ । राष्ट्र बैंकका अनुसार यि कोडहरु अन्र्तगत पर्ने १८ वटा वस्तु तथा सेवाहरुमा मनी अर्डर (वायर ट्रान्सफर), बीमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी (म्यानुअल क्यास डिस्बर्समेन्ट), वित्तीय कारोबारको शुल्क, धितोपत्र दलाल÷डिलर्स, बीमा बिक्री, अन्डराइटिङ तथा प्रिमियम, रियल स्टेट, एजेन्ट तथा म्यानेजर (रेन्टल), बाणिज्य बैंकहरुलाई हुने भुक्तानी, स्टोरहरुको कार्ड खरीद तथा लोडिङ, विविध सेवा तथा बस्तु (अति जोखिम खालका), क्यासिनो, घोडा तथा कुकुर दौड, सबै प्रकारका जुवा, कुनै पनि प्रकारका राजनीतिक दल तथा धार्मिक संगठन भुक्तानीमा डलर कार्ड प्रयोग गर्न पाईने छैन ।  



Share:
Reaction :
ताजा समाचार
खेलकुद