कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सम्झौताले युवाहरुमा उद्यमशीलता, रोजगारी तथा नेतृत्व विकासमा सहयोग पुग्ने बताए । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात बैंक, युवा परिषद् र पालिकाको त्रिपक्षिय सहकार्यबाट यो कार्यक्रम सञ्चालन हुने हुँदा कर्जाको सदुपयोगिता बढ्न गई उत्पादन तथा स्वरोजगारी सृजनामा सघाउ पुग्ने बताए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले सहुलियतपूर्ण कर्जा प्रवाहकोे बारेमा प्रकाश पार्दै परिषद् र बैंक बीच लामो समयदेखि उद्यमशीलता विकासको लागि सहकार्य हुँदै आएको बताए ।
उक्त कार्यक्रममा परिषद्का प्रशासकिय प्रमुख रमाकान्त शर्मा, उपसचिव दिनेश घिमिरे, बैंकका उपकार्यकारी अधिकृतहरु पवन रेग्मी, विनयरमण पौडेल विभागीय प्रमुखहरु आनन्द सुवेदी, ऋषभ भट्टराई, अच्युत गौतम र कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।