Media Network

राष्ट्रिय वाणिज्य र नेपाल बैंक मर्जरको तयारीमा, बरालको संयोजकत्वमा बन्यो कार्यदल


खबरस्टोरी संवाददाता

१९ बैशाख २०८०,मंगलवार

काठमाडौं । सरकारी दुई बैंकको मर्जरको तयारी सुरु भएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको मर्जरका लागि कार्यदल गठन भएको हो । यी दुई बैंकको मर्जरको सम्वन्धमा अर्थमन्त्रालयले अध्ययनका लागि कार्यदल गठन गरेको हो ।

मर्जर सम्वन्धी अध्ययनका विश्लेषण गर्न अर्थमन्त्रालयका वित्तीय क्षेत्र व्यववस्थापन महाशाखाका प्रमुख भुपाल बरालको संयोजकत्वमा कार्यदल बनाएको बताइएको छ । केही समयदेखि सरकारी दुई बैंकबीच एक आपसमा गाभ्ने भनेर आन्तरिक रुपमा व्यापक छलफल हुँदै आएको थियो । नियामक निकाय नेपाल राष्ट्र बैंक हुँदै अर्थमन्त्रालयमा छलफल भईरहेको थियो ।

यता, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा सरकारी बैंकहरु पनि मर्जरमा जानुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । गत माघ १० गते राष्ट्रिष्य वाणिज्य बैंकको वार्षिकोत्सवको कार्यक्रममै गभर्नर अधिकारीले पछिल्लो समयमा निजी क्षेत्रका बैंकहरुको मर्जरको लहर चलिरहेको र बैंकहरुको व्यावसायिक आकार बढीरहेको भन्दै सरकारी बैंकहरुलाई पनि मर्जरमा जान सुझाव दिएका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद