Media Network

रविना देशराजले छाडिन् मेगा बैंक


खबरस्टोरी संवाददाता

१२ पुष २०७९,मंगलवार

काठमाडौ । रविना देशराजले मेगा बैंक छाडेकी छन्। उनले दिएको राजीनामा बैंक सञ्चालक समतिले आज स्वीकृत गरेको हो। 

मेगा बैंकको कामू सीईओको रुपमा उनी कार्यरत थिइन्। अनुपमा खुञ्जेलीलेको सीईओको कार्यकाल सकिएपछि उनले कायममुकायमको जिम्मेवारी पाएकी थिइन्। मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाँदै छन्। मर्जरपछि पनि देशराज डेपुटी सीईओ बन्ने सहमति भएको थियो।

देशराजले राजीनामा दिएपछि मेगा बैंकले भने कामू सीईओको जिम्मेवारी तुल्सीराम पोखरेललाई दिएको छ। उनी नायब महाप्रबन्धको रुपमा कार्यरत थिए।


Share:
Reaction :
ताजा समाचार
खेलकुद