Media Network

ऋण लिने सोचमा हुनुहुन्छ? , यी बैंकबाट सस्तो ब्याजदरमा ऋण पाइन्छ


खबरस्टोरी संवाददाता

३ मंसिर २०८०,आईतवार

काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजानिक गरेका छन् ।मंसिर १ गतेदेखि निक्षेपमा ४ प्रतिशतसम्म ब्याजदर झारेका बैंकहरुले आफनो आधार दर घटेसँगै कर्जामा लिने ब्याजदर समेत घटाएका हुन ।  एकल विन्दु ८ दशमबल ३२ देखि ११ दशमलब १४ सम्म ब्याजदर कर्जामा दिन सक्ने भएका हुन ।
असोज महिनाको आधारदर सार्वजनिक गरेका २० वटा वाणिज्य बैंकमा ९ बैंकको आधारदर १० प्रतिशतभन्दा तल झरिसकेको छ । बैंकहरुले निक्षेपको ब्याजदर घटाएकोले दोस्रो त्रैमासमा आधार दर थप घट्ने सम्भावना देखिएको छ ।
बैंकहरुले जोखिम हेरेर आधार दरमा ५ प्रतिशतसम्म थप गरी कर्जा लगानी गर्ने गरेका छन् । तर, अधिक तरलता हुँदा बैंकहरुले आधार दरमै पनि कर्जा दिने गर्छन् ।
बैंकहरुमा अहिले लगानीयोग्य रकम पनि अधिक रहेको बैंकहरुले प्रकाशित गरेको छ । बैंकहरुको सिडि रेसीयो ८१ प्रतिशतमा तल आइसकेको  छ । त्यस्तै, अन्तरबैंक ब्याजदर २ प्रतिशत छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद