Media Network

सि.बि.आई.एल. क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त


खबरस्टोरी संवाददाता

१७ कार्तिक २०७९,बिहीबार

काठमाडौं।सि.बि.आई.एल.क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ एसिसिए हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हाशिल गरेका छन् 

यस अगाडि श्रेष्ठ एन.आई.बि.एल्. क्यापिटल मार्केट्स लि. (२०१३ —२०१५) मा उच्चव्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ लि. (२०१६—२०२०) र मेगा क्यापिटल मार्केट्स लि. (२०२०—२०२२) मा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रहेका थिए । श्रेष्ठसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद